टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

भक्तपुरबाट कोटेश्वरतर्फ आउँदै  गरेको बा४ख ८७२५ नम्बरको टि«परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

सोहि दिशाबाट आईरहेको बा ८५ प ७१६ नंम्बरको मोटरसाइकललाई ट्रिपरले पछाडिबाट ठक्कर दिँदा झापा बिर्तामोड घर भई हाल भक्तपुर नगरपालिका–१ दूधपाटी बस्ने १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका सुवेदीको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । 

दुर्घटनामा घाइते मोटरसाइकल चालक १८ वर्षीय अमन ढुङ्गेलको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ढुङ्गेलको टाउकोमा चोट लाग्नाका साथै बायाँ खुट्टा भाँचिएको भएको छ ।

दुर्घटनामा संलग्न सवारी साधन र टिपर चालक धादिङ थाक्रे–६ का २७ वर्षीय हरिशरण राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?