काठमाडौं । ओखलढुङ्गा मोलङ्ग गाँउपालिका–२ घरभइ हाल राजधानीमा बस्दै आएका २२ वर्षीय टंकराज बयलकोटी र गुल्मी धुरकोट गाँउपालिका–२ घरभइ हाल राजधानीमा बस्ने २८ वर्षीय सुमन खत्रीलाई गैंडाको खाग सहित प्रहरीले पक्राउ गरेको छ ।
सुकेधारास्थित दियो रेष्टुरेन्टमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा प्रहरीले जाँच गर्दा उनीहरुले बोकेको झोलामा उक्त वस्तु फेला परेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया