काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको खेलमा नेपालले छैटौँ सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध बलिङ गरिरहेको नेपालका लागि अभिनासले नेपाललाई छैटौँ विकेट लिएका हुन् ।
यस अघि नेपालका लागि सन्दीप लामिछानको दुई ,दिपेन्द्र सिंह ऐरी, कौसल मल्ल र करण केसीले एक विकेट लिएका थिए । हाल मलेसियाले १७.५ ओभरमा ६ विकेट गुमाउदै १ सय ४ रन जोडेको छ ।
शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी ९पीएनजी० लाई हराएको थियो ।
पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ । नेपाल सन्दीप लामिछानेको कप्तानीमा रहनेछ ।
पहिलो खेलमा मलेसियाले समेत पीएनजीलाई पराजित गर्दै राम्रो सुरुआत गरेको थियो । तालिकामा दुबै टोलीको दुई अंक छ ।
नेपाल र मलेसियाबीच हेड टु हेड हेर्ने हो भने नेपालले आफूलाई हाबी भएको सिद्ध गरेको छ । ६ पटकको भेटमा नेपालले पाँच पटक जित निकालेको छ भने मलेसिया एक पटक विजयी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया