मलेसियाको तेस्रो विकेट पतन

लोकपथ
91
Shares

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध बलिङ गरिरहेको नेपालका लागि दिपेन्द्र सिंह ऐरी ले नेपाललाई तेस्रो विकेट लिएका हुन् ।

यस अघि नेपालका लागि कौसल मल्ल र करण केसीले विकेट लिएका थिए । हाल मलेसियाले ११.४ओभरमा ३ विकेट गुमाउदै ७३ रन जोडेको छ ।

शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो ।

पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ । नेपाल सन्दीप लामिछानेको कप्तानीमा रहनेछ ।

पहिलो खेलमा मलेसियाले समेत पीएनजीलाई पराजित गर्दै राम्रो सुरुआत गरेको थियो । तालिकामा दुबै टोलीको दुई अंक छ ।

नेपाल र मलेसियाबीच हेड टु हेड हेर्ने हो भने नेपालले आफूलाई हाबी भएको सिद्ध गरेको छ । ६ पटकको भेटमा नेपालले पाँच पटक जित निकालेको छ भने मलेसिया एक पटक विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?