चितवन पुगेर प्रचण्डले भने- ‘भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ’

लोकपथ
161
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा मेयरको दाबी रहने बताएका छन् ।

बुधबार चितवन पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग कुराकानी गर्दै स्थानीय निर्वाचनमा केन्द्रबाटै तालमेलको तयारी भइरहेको बताउँदै मेयरमा माओवादी केन्द्रको दाबी रहने बताए ।

‘महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाटै तालमेल गर्ने छलफल चलेको छ । भोलि हाम्रो गठबन्धनको बैठक बस्दै छ । सम्भवतस् महानगरपालिकाको बारेमा केही न केही निर्णयमा पुग्छौं । तालमेलकै निर्णय हुन्छ, भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ,’ उनले भने ।

यसअघि पनि चितवनमा कांग्रेससँग तालमेल गरि प्रचण्ड पुत्री रेणु दाहाल मेयरमा निर्वाचित भएकी थिइन् । आगामी निर्वाचनमा तालमेल गरि पुनः रेणुलाई गठबन्धनबाट मेयरको उम्मेदवार बनाउने तयारी गरिएको छ ।

गठबन्धन गर्ने वा एक्लै जाने भन्ने विषयमा बहस भइरहेका बेला मंगलबार कांग्रेसले आवश्यक्ता अनुसार तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?