काठमाडौं । काठमाडौंको गौशलासहित देशका विभिन्न स्थानमा गरि ३ जना मृत अवस्थामा फेला परेका छन् ।
सो क्रममा काठमाडौं महानगरपालिका-८ गौशलास्थित नमस्ते पूर्बेली गेष्ट हाउसमा ललितपुर ईमाडोल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका घर भएकी २९ वर्षीया बिमला तामाङ मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यसैगरी दैलेख, गुँरास गाउँपालिका-५ चिप्लेडाँडा बस्ने चित्र बहादुर रानाको छोरा ११ वर्षीय मान बहादुर राना सोही ठाउँस्थित भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । गत फागुन २३ गते देखि बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ ईनर्वा भन्सार पछाडि भारत र नेपालको सिमाना दशगजाभित्र सोही महानगरपालिका-२५ खलवा टोला सिर्सिया बस्ने २१ वर्षीय राना उपेन्द्र साहको शव खाल्डोमा गाडिएको अवस्थामा मंगलबार फेला परेको छ ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया