पल शाहको निवेदनमा पेसी तोकियो

लोकपथ
889
Shares

काठमाडौं । नाबालिका गायिका बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको निवदेनको पेसी तोकिएको छ ।

अभिनेता शाहले पोखरा उच्च अदालत दिएको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा परेको हो ।

शाहले मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने मागसहित मंगलबार उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए ।

गत चैत १० गते जिल्ला अदालत तनहुँले शाहले जबरजस्ती करणी गरेको देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उक्त मुद्दामा अदालतको आदेश विरुद्ध शाहले दिएको निवेदनमा आजका लागि दैनिक पेसी तोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?