राप्रपा मकवानपुर अध्यक्ष सापकोटाको साथ कमल थापालाई

लोकपथ
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटा लगायत नेता कार्यकर्ताहरुले कमल थापाको नेतृत्व रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेका छन् ।

आज राप्रपा मकवानपुरका अध्यक्ष सापकोटाद्वारा जारी गरिएको बक्तब्यमा पार्टी भित्र पछिल्लो समय सैद्धान्तिक बिचलन आएको ,पार्टीमा बढ्दै गएको पुर्बाग्रही सोच,चिन्तन र संकिर्णताबाट पार्टी अगाडि बढ्न नसक्ने जिकिर गरिएको छ ।

बक्तब्यमा नेपालको राष्ट्रिय राजनीतिमा फरक बिचार, दृष्टिकोण, सिद्धान्त र दर्शन कमल थापाले प्रतिपादन गर्नुभएको मकवानपुरको समग्र आर्थिक बिकास र समृद्धिमा थापाको महत्त्वपूर्ण योगदान रहेको समेत उल्लेख गरिएको छ। बक्तब्यमा कमल थापालाई राजनैतिक अभिभावक भन्दै राप्रपा नेपालमा समाहित हुने प्रतिबद्धता व्यक्त गरिएको छ ।

बक्तब्यमा ७८ जना नेताहरुको नाम रहेकोे छ । जिल्ला कार्य समितीका पदाधिकारी सदस्य, संघीय अध्यक्ष ,प्रदेश अध्यक्ष , नगर र गाउँ पालिकाका अध्यक्षहरु तथा जनबर्गिय संगठनका प्रमुखहरुको नाम बक्तब्यमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?