काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे बैठक स्थगित भएको छ । पार्टी केन्द्रीय सचिवालय बैठक अपराह्न पाँच बजेसम्मका लागि स्थगित गरिएको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । पार्टीको नियमावली परिमार्जनका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरेपछि अपरान्ह पाँच बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।
नियमावलीलाई टुंगोमा पुर्याउन अपरान्ह पाँच बजे पुनः बैठक बस्ने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । भोलि बिहानसम्म नियमावलीलाई टुंगो लगाइसक्ने र पार्टी जनवर्गीय संगठनहरुको एकीकरण प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया