१२ मङ्सिर २०७९, सोमवार

निर्वाचन आयोगद्वारा पत्रकारलाई प्रशिक्षण

२०७४,आश्विन,२७,शुक्रवार ०७:४४

0
Shares

विराटनगर, २७ असोज ।निर्वाचन आयोग विराटनगर क्षेत्रीय कार्यालयले प्रदेश नं १ का पत्रकारलाई एकदिने निर्वाचन र सञ्चार प्रशिक्षक प्रशिक्षण दिएको छ ।उक्त प्रदेशका १४ जिल्लाका २८ पत्रकारको सहभागिता रहेको सो प्रशिक्षणमा निर्वाचनसम्बन्धी समाचार लेखन, विश्वसनीयता, निष्पक्षता, आधिकारिक स्रोत, समाचारका माध्यमबाट मतदातालाई सुसूचित गराउनेलगायतका विषयमा जानकारी दिइएको थियो ।प्रशिक्षणमा जिल्ला समन्वय समितिका अध्यक्ष नरेशप्रसाद पोखरेलले जनताले मतदानको माध्यमबाट अन्तरमनकोे अभिमत प्रकट गर्ने भएकाले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा गराउनुपर्नेमा जोड दिए ।क्षेत्रीय कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलले स्थानीय तहको निर्वाचनमा मत बदरको संख्या अत्यधिक रहेकाले अब हुने निर्वाचनमा बदर मत हुन नदिनका लागि मतदाता शिक्षा तहगतरूपमा शुरु गरिने जानकारी गराए ।निर्वाचन आयोगका उपसचिव चन्द्रबहादुर शिवाकोटीले निर्वाचनका लागि आवश्यक कानून र निर्देशिका तयार भइसकेको उल्लेख गर्दै समानुपातिकका लागि मतपत्र छपाइको काम शुरु भइसकेको बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार ०७:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिका–३ कुढडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्

काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ । प्रत्येक वर्ष

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४

ताजा समाचार

कस्तो रहला आज दिनभरको मौसम ?
 २०७९,मङ्सिर,१२,सोमवार ०७:२८
धनुषा–४ मा अग्रता बढाउँदै एमाले
 २०७९,मङ्सिर,११,आईतवार २३:४०
विश्वकप फुटबल : मोरक्को विजयी
 २०७९,मङ्सिर,११,आईतवार २१:३१
इलाम–१ (१) मा लिम्बु र (२) मा राई निर्वाचित
 २०७९,मङ्सिर,११,आईतवार २०:४२