काठमाडौं । सात लाख रुपैयाँ जरिवाना ठहर भएका बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी) का अनुसार स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं.४ घर भई हाल काठमाडौं जिल्ला का.म.न.पा.वडा नं.२६ सामाखुसी बस्ने बर्ष ५२ का काजी गुरुङल पक्राउ परेका हुन् ।
प्रतिवादी गुरुङले एभरेष्ट बैंक लिमिटेड गोंगबु, काठमाडौंमा रहेको आफ्नो नामको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक सिआईबीले जानकारी दिएको छ ।
उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनबाट २०७८ फागुन एक गते प्रतिवादी काजी गुरुङलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा ४० लाख रुपैंया जरिवाना र छ कैद हुने ठहर भएको थियो ।
सो पश्चात फरार रहेका गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले सोमबार काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया