काठमाडौं । जनकपुर-जयनगर रेलवे सेवा उद्घाटन हुने भएको छ ।
शनिबार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्न लागेका हुन् ।
तीन दिने भारत भ्रमणका लागि प्रधानमन्त्री देउवा शुक्रबार भारत जाँदैछन् । सो क्रममा देउवा र मोदीले संयुक्त रुपमा रेलवे सेवा उद्घाटन गर्न लागिएको स्रोतले जनाएको छ ।
करिव १७ महिनाअघि जयनगरबाट जनकपुर आइ थन्किएर बसेको रेलको अहिलेसम्म आधिकारिक रुपमा उद्घाटन हुन सकेको थिएन ।
रेल सेवा उद्घाटनपछि जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दूरीमा रेल चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया