राखेपका सदस्य सचिव सिलवालको कार्यसम्पादनकाे फाइल मगाउन आदेश

लोकपथ
84
Shares

काठमाडौं । बर्खास्तीमा परेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालको कार्यसम्पादनको फाइल मगाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

मंगलबार राखेपको सदस्य सचिव सिलवालको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धि परेको रिटको सुनुवाई गर्दै न्यायाधीशद्वय हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानको इजलाशले सो आदेश दिएको हो ।

त्यसैगरी उक्त मुद्दामा थप बहसका लागि सर्वोच्चले चैत २२ गतेका लागि बोलाएको छ । मंगलबार सिलवाल पक्षका वकिलहरुले बहस गरेका थिए ।

सरकारले कार्यसम्पादन गर्न नसकेको आरोपसहित राखेपका तत्कालिन सदस्य सचिव सिलवाललाई पदमुक्त गरेको थियो ।

सरकारले सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?