काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठको नाम अनुमोदन भएको छ ।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका श्रेष्ठको नाम अनुमोदन गरेको हो ।
फागुन ३० गते बसेको समितिको बैठकले न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठबिरुद्ध उजुरी दिन आह्वान गरेको थियो ।
विराटनगरका उच्च अदालतमा कार्यरत मुख्य न्यायाधीश श्रेष्ठलाई सर्वोच्च ल्याउन प्रक्रिया सुरु गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया