एन्फाको साधारणसभा सुरु, ४ एजेण्डामा केन्द्रित हुने

लोकपथ
105
Shares

काठमाडौं । निर्वाचनकेन्द्रित एजेण्डाहरुमा रहँदै अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा सुरु भएको छ ।

साधारणसभामा मुख्य एजेण्डाको रुपमा जेठ १५ हुने चुनावका लागि निर्वाचन समिति गठनसम्बन्धी रहेको छ । सँगै निर्वाचन पुनरावेदन समिति गठनसम्बन्धी छलफल हुनेछ । त्यस्तै जेठ १५ हुने चुनावका लागि संघको वार्षिक कार्यक्रम तथा बजेट एवं आर्थिक वर्ष २०७७-७८ को लेखापरीक्षण प्रतिवेदन पारित गर्ने सम्बन्ध र निर्वाचनमा सहभागी उम्मेदवारको मनोनयन शुल्क सम्बन्धमा छलफल हुनेछ ।

एन्फा कार्यसमितिले सहमतिमा श्रीराम दवाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाउने प्रस्ताव गर्ने भएको छ । समितिको सहसंयोजकमा रामचन्द्र गौतम तथा दामोदर भट्टराईको नाम प्रस्ताव हुनेछ । यसैगरी प्रस्तावित निर्वाचन समितिको वैकल्पिक सदस्यमा सरस्वती श्रेष्ठ र प्रतिमा कार्की रहनेछन् ।

त्यस्तै विशेष साधारणसभामा एन्फा कार्यसमितिको तर्फबाट अध्यक्ष पदका लागि उम्मेदवारको मनोनयन शुल्क प्रस्ताव गरिनेछ । लामो समयपछि हुन लागेको साधारणसभामा भाग लिनका लागि देशभरबाट प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् ।

फागुन ८ गतेलाई पहिलो पटक विशेष साधारणसभा बोलाइँदा तीन एजेण्डा तय गरिएको थियो । तर दुई पटक स्थगित भएपछि चैत सातमा आजका लागि साधारणसभाको सूचना जारी गर्दा एन्फा सचिवालयले एक एजेन्डा थप गरेको थियो ।

एन्फाको गत फागुनमै हुने भनिएको विशेष साधारणसभा दुई पटक स्थगित भएको थियो । एन्फाले फागुन ८ का लागि विशेष साधारणसभा तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?