महोत्तरी । महोत्तरीका ३ पालिकाका जनप्रतिनिधिहरुले हिरो अफ द मधेशको उपाधि पाएका छन् ।
जिल्लाको बर्दिबास नगरपालिका, मटीहानी नगरपालिका र राम्गोपालपुर नगरपालिकाका ३ जना जनप्रतिनिधिहरुले हिरो अफ द मधेशको उपाधि पाएका हुन् ।
उपाधि पाउनेहरुमा बर्दिबास नगरपालिकाका नगरप्रमुख बिदुर कार्की, मटीहानी नगरपालिकाका हरि प्रसाद मण्डल र रामगोपालपुर नगरपालिकाका उपप्रमुख सितादेवी साह छन् ।
हिरो अफ द मधेश प्रतिष्ठानले गरेको एक सर्वेक्षणअनुसार आफ्ना स्थानीय तहमा भएका विकाशका कामहरुमा उनीहरुको भूमिका अग्रणी रहेको बताइएको छ ।
हिरो अफ द मधेश प्रतिष्ठानका सदस्यहरुले दिएको मतलाइ समेत आधार मान्दा जिल्लामा ३ जना जनप्रतिनिधि छानिएको उक्त संस्थाका संयोजक मोहन सिंहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया