अवैध लागुऔषधसहित युवक पक्राउ

लोकपथ
0
Shares

सिरहा । सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारको प्रमुख प्रहरी निरीक्षक राजु केसीका अनुसार प्रहरीले गोलबजार नगरपालिका-५ को ३२ वर्षीय अरूणकुमार साहलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा घरमा लुकाइछिपाइ राखेको लागुऔषध ६ सय थान ट्याब्लेट नाइट्राभेट र इन्जेक्सनसहित साहलाई पक्राउ गरेको जनाएको छ ।

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?