झापामा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

लोकपथ
91
Shares

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका–१ पुलचोकमा सोमबार साँझ ट्रकमा ठोक्किएर मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–४ का २५ वर्षीय अन्जन फागो रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा गएराति सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो साँझ पौने ६ बजे फागोले चलाएको नम्बर नखुलेको मोटरसाइकल ना ३ ख ५४ ६२ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनापश्चात् ट्रक चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुधबारेले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?