हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
130
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ सात पैसा र बिक्रीदर १६० रुपैयाँ ४९ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ मात्र र बिक्रीदर १३० रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८७ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रीदर ९७ रुपैयाँ ८६ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ नौ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५७ पैसा छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ २७ पैसा र बिक्री दर ३३ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८३ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ९७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?