गद्दी बैठक ६ वर्षपछि सर्वसाधारणका लागि खुला हुँदै

लोकपथ
0
Shares

२०७२ काे विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको बसन्तपुरस्थित गद्दी बैठक आजबाट सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

अमेरिकन सहयोगमा पुर्निर्माण गरिएको गद्दी बैठक सर्वसाधारणका लागि अवलाेकन प्रयाेजनार्थ खुला गरिन लागिएकाे हाे । आज अपरान्ह ४ बजे उदघाटन कार्यक्रम राखिएको छ ।

हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्घा‍टन गरेपछि गद्दी बैठक औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिनेछ । बसन्तपुर तथा हनुमानढोका क्षेत्रमा पुर्निर्माणकाे कार्य जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?