धनुषामा मोटरसाइकल दुर्घटना, ४ जनाको मृत्यु

लोकपथ
42
Shares

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । सोमबार सवैला नगरपालिका–१२ स्थित बरकुर्वामा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा १२ वर्षीय लक्ष्मी यादव, १५ वर्षीय राहुल यादव, १४ वर्षीय सुमित यादव र १२ वर्षीय बौका यादव छन्। राहुलले मोटरसाइकल हाँकेका थिए ।

दुर्घटनामा अर्का एक घाइते भएका छन् ।   घाइते १९ वर्षीय सुरेन्द्र यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
मोटरसाइकलमा ५ जना सवार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । तीव्र गति गतिको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?