एनआरएनएले पशुपतिमा १०० कोठे वृद्धाश्रम बनाउने

लोकपथ
52
Shares

गैरआवासीय नेपाली संघ )एनआरएनए)ले पशुपति क्षेत्रमा १०० कोठे सुविधा सम्पन्न बृद्धाश्रमको निर्माण गर्ने भएको छ । सोमबार सम्पन्न नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बृद्धाश्रमको निर्माण गर्ने यसअघिको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । जसअनुसार यस परियोजना सम्पन्न गर्नको लागि नवनिर्वाचित अध्यक्ष कूल आचार्यको १ करोड सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबाट २ करोड ५६ लाख ५० हजार २२२ गरी जम्मा तीन करोड छपन्न लाख पचास हजार दुइ सय बाइस रुपैयाँ को प्रतिबद्धता प्राप्त भएको एनआरएनएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोही बैठकमा संघका नव निर्वाचित अध्यक्षहरुले पदाधिकारी तथा आइसिसि सदस्यहरुलाई सपथग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरिएको प्रवक्ता शिवकुमार बरुवाल र सोम सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै आगामी कार्यकाल संचालनको लागि कार्यविधि तयार गर्न उपाध्यक्ष डा हेमराज शर्माको नेतृत्वमा महासचिव गौरीराज जोशी र डा केशव पौडेलका साथै प्रवक्ताद्वय रहने गरी कार्यदल गठन गरिएको छ ।

यस्तै विभिन्न एनसिसिहरुमा भएका समस्या समाधानका लागि महासचिव द्वय गौरीराज जोशी र डा केशव पौडेलाई क्षेत्रीय संयोजकहरुसँग समन्वय गरि समाधान गर्ने जिम्मा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?