आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
133
Shares

१. आगामी चुनावमा गठबन्धन गर्नुको विकल्प नरहेको कुरामा प्रधानमन्त्री शेरबहादुर देउवाको अडान, पहिला एक्लै लड्दा आफूले समेत सकसले जितेको प्रतिक्रिया ।

२. न्यायिक समिति लोकतन्त्रको वाहक भएको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ, न्याय माग्नेलाई न्याय र पिडकलाई दण्ड जरीवाना गर्ने कुरा लोकतन्त्रमा ठूलो हुने दाबी ।

३. नेकपा माओवादी केन्द्र एक्लै पनि निर्वाचनमा जान तयार रहेको अध्यक्ष प्रचण्डको दाबी, संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै कायम रहेको भनाइ ।

४. चुनाव सम्झेपछि पाँचदलीय गठबन्धनको सातो जाने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको भनाइ, वर्तमान गठबन्धन निर्वाचन सार्ने र टार्ने मनस्थितिमा रहेको दाबी ।

५. आगामी निर्वाचनमा गठबन्धन किन र केका लागि भन्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गरे प्रश्न, कांग्रेसको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर माओवादीलाई बोक्न नसकिने तर्क ।

६. आफू आगामी निर्वाचनमा गठनबन्धनको पक्षमा नरहेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको प्रस्टोक्ति, गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसकिने धारणा ।

७. एकीकृत बस्तीको योजना प्रभावकारी नदेखिएको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको भनाइ, भूकम्पछि सरकारले एकीकृत बस्तीको योजना बनाएर बस्ती निर्माण गरे पनि प्रयोगमा आउन नसकेको आरोप ।

८. शिक्षा क्षेत्रमा राजनीति नगर्न नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको आग्रह, राजनीति भनेको राजनीतिक क्षेत्रमा मात्र गर्नुपर्ने उल्लेख ।

९. पश्चिमा मुलुकहरूको दबाबका कारण संविधानमा हिन्दु राष्ट्र हटाएर धर्म निरपेक्षता भन्ने प्रावधान राखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको आरोप, ९४ प्रतिशतभन्दा बढी नागरिकहरू हिन्दु राष्ट्रको पक्षमा रहेको दाबी ।

१०. तीन दिनदेखि मुगुको सदरमुकामसहित छाँयानाथ रारा नगरपालिका आसपासका बस्तीमा विद्युत् सेवा बन्द, मैनबत्ती बालेर सरकारी कार्यालय सञ्चालन ।

११. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ३ सय ९ परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय १९ जना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या १ हजार २ सय ५४ ।

१२. युक्रेन र रुस संकटका कारण चिनियाँ अर्थतन्त्रमा थप धक्का, चीनका ३१ प्रान्तीयस्तरका सरकारले गत वर्षको तुलनामा कम वृद्धि र नीतिगत लक्ष्यहरू घोषणा गरेको तथ्याङ्क ।

१३. तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार रहेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ, त्यसका लागि जनमत संग्रहमा जानुपर्ने धारणा ।

१४. अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा भोलि काठमाडौंमा बस्दै, निर्वाचनकेन्द्रित एजेण्डाहरूमा छलफल हुने ।

१५. र, त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालको विजयी सुरुआत, पपुवा न्युगिनी १५ रनले पराजित, सन्दीप लामिछाने बने प्लेयर अफ द म्याच ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?