प्रदूषणले निम्त्याएको पर्यावरणीय संकट देशका लागी चुनौती : प्रदिप पौडेल

लोकपथ
224
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले काठमाडौं, पोखरा लगायतका सहरमा बढेको प्रदूषणप्रति चासो प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले बढ्दो प्रदूषणले पर्यावरणीय संकट आउने उल्लेख गरेका हुन् ।

नेता पौडेलले बढ्दै गएको पर्यावरणीय संकट ठूलो चुनौती हुने भन्दै सचेत समेत गराएका छन्।

विकास मोडालिटीमा परिवर्तन गरी सहअस्तित्व र पर्यावरणमैत्री विकासको मोडल निर्माण गर्न उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?