आवश्यकताअनुसार गठबन्धनमा जानुपर्छ : महामन्त्री शर्मा

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ठाउँ हेरेर गठबन्धनमा जानुपर्ने बताएका छन् ।

जारी केन्द्रीय कमिटीअन्तर्गत सोमबारको बैठकमा आफ्नो धारणा राख्दै महामन्त्री शर्माले मतभार हेरेर गठबन्धनमा जानुपर्ने बताएका हुन् ।

कतै माओवादी बलियो र कतै कांग्रेस बलियो रहेको बताउँदै महामन्त्री शर्माले मतभार हेरेर त्यहाँको अवस्थाअनुसार गठबन्धन गर्नुपर्ने बताएका हुन् ।

‘आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्छ । महामन्त्री शर्माले भने, ‘मतभार हेरेर त्यहाँको अवस्थाअनुसार तालमेल गर्नुपर्छ ।’

त्यस्तै बैठकमा अर्का महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा आफू गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?