काठमाडौँ – नेपाल चिकित्सक संघले डा गोविन्द केसीको जीवनरक्षाका लागि स्वास्थ्य निकायहरू बन्द गर्ने बाध्यकारी स्थिति आउन नदिन सरकारसमक्ष आग्रह गरेको छ । संघका पदाधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेटी यस्तो अवस्था आउन नदिन पहल गर्न आग्रह गरेका हुन् ।
जुम्लामा आमरण अनशन बसिरहेका डा। केसीको स्वास्थ्य स्थिति खस्कँदै गएपछि संघका पदाधिकारीहरूले सोमबार मन्त्री यादवलाई भेटेका हुन् ।
उनीहरूले यादवसमक्ष स्वास्थ्य शिक्षा तथा नागरिक स्वतन्त्रतासँग सम्बन्धित ७ बुँदे माग पनि प्रस्तुत गरेका छन् । संघको टोलीले आइतबारै प्रधानमन्त्री केपी ओलीलाई पनि भेटेको थियो । यो केसीको १५ औं अनशन हो । आजको कान्तिपुर दैनिकमा खबर छापेको छ ।
उनीहरूले चाँडोभन्दा चाँडो वार्ता गरेर निष्कर्षमा पुर्याउन आग्रह गर्दै यसो नभए स्वास्थ्य निकाय बन्द गरेर आन्दोलन गर्ने चेतावनीसमेत दिए । मन्त्री यादवले भने आन्दोलनका कार्यक्रममा नजान चिकित्सकहरूलाई आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया