केन्द्रीय समिति बैठकमा गठबन्धनबारे देउवाको चट्टानी अडान

लोकपथ
294
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने अडान लिएका छन् ।

जारी केन्द्रीय समितिको सोमबार बसेको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा गठबन्धन गरेर नगए गारो पर्ने बताए ।

केन्द्रीय सदस्यहरुको धारणा सुनेपछि प्रधानमन्त्री देउवाले गठबन्धन नहुँदा आफूले समेत बल्लबल्ल जितेको बताउँदै आगामी निर्वाचनमा गठबन्धन गरेर जित हासिल गर्नुपर्ने बताए ।

बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार १ गठबन्धन नगरेर हुन्छ ? गठबन्धन गरेर जाँदा हामी सबैले जित्छौँ भन्या । ए बाबा ! पहिला धेरै साथीहरु हारेका होइनन् र ? मलाई पनि माओवादीले गोली हानेकै हुन् नि ! पुराना कुरा सम्झेर हुन्छ र ? त्यसकारण गठबन्धन गरेर जाऔँ ।’

यसअघि पनि प्रधानमन्त्री देउवाले अन्य दलहरुसँग गठबन्धन गरेर जानुपर्नेमा जोढ दिँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?