काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् ।
सोमबार रोल्पामा आज आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् ।
‘गठबन्धनको बलमा होइन’, उनले भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो ।’ उनले गठबन्धन र तालमेल गर्नेबारे पनि ध्यान दिने बताए ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा ध्वंश मात्र होइन निर्माण गर्नसक्ने बताएका छन् ।
त्यस्तै रोल्पाको रोल्पा नगरपालिकामा बनेको भ्यूटावरको सोमबार उद्घाटन गर्दै उनले माओवादी युद्धको ऐतिहासिक रोल्पा विकास निर्माणमा अघि बढेको बताए ।
रोल्पा अशान्ति र ध्वंश मात्र होइन विकास निर्माण पनि गर्न सक्ने बताए ।
‘माओवादी युद्धको ऐतिहासिक रोल्पा अशान्तिमात्र होइन, ध्वंश मात्र पनि होइन, निर्माण पनि गर्न सक्छ । यो भ्यूटावरसहितले देखाएको छ,’ प्रचण्डले भने, ‘सहिदलाई स्मरण गरेर काम गर्नुहोस् । रोल्पा माओवादी युद्ध संग्राहलय बन्न सक्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया