शिक्षा क्षेत्रमा राजनीति नगर्न नेता सिंहको आग्रह

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा राजनीति नगर्न अनुरोध गरेका छन् ।

कन्या मन्दिर माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सव (हीरक जयन्ती) समारोह कार्यक्रममा सम्वोधन गर्नु हुदै उनले शिक्षा क्षेत्रमा चरम राजनीति भएको शिक्षा क्षेत्रको विकास हुन नसकेको बताएका हुन् ।

राजनीति भनेको राजनैतिक क्षेत्रमा मात्र गर्नु पर्ने सबै दलहरूले बुझ्न आवश्यक रहेको उनको भनाइ थियो ।

‘शिक्षा क्षेत्र सबै भन्दा महत्वपुर्ण क्षेत्र हो, यसमा नारा दिएर मात्रै सुधार हुदैन, मौका पाउदा काम गरेर देखाउने समय भइसकेको छ ।,’ उनले बताए ।

संविधानले भनेजस्तै आधाभुत स्वास्थ्य र गुणस्तरीय शिक्षामा सबै नागरिकको समान पहुच पुग्न नसकेकाले सबैको धयान जानु पर्ने उनले बताए ।

कार्यक्रममा विद्यालयलाई सहयोग गर्नुहुने शिक्षक, कर्मचारी, सहयोगि र दाताहरुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?