प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने

लोकपथ
70
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवा चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जान लागेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री देउवासँगै भारत भ्रमणमा देउवा पत्नी आरजु राणा र उच्चस्तरीय प्रतिनिधिमण्डल जान लागेका हुन् ।

तीनदिने भ्रमणमा प्रधानमन्त्री देउवाले चैत १९ गते उपराष्ट्रपति र भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुखसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?