काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी स्थानीय तहको निर्वाचनको तथ्यांक सार्वजनिक गरेको छ । जसअनुसार देशभरबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता रहेको तथ्यांकले देखाएको छ ।
जसमा ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता रहेका छन् । भने अन्यमा १८३ जना रहेको आयोगको तथ्यांकले देखाएको छ । हाल १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र रहेको छ ।
आयोगले देशभरको समग्रसहित प्रत्येक प्रदेश, जिल्ला र गाउँपालिका र नगरपालिकाको समेत तथ्यांक सार्वजनिक गरेको छ । जसअनुसार सबैभन्दा बढी मतदाता बागमती प्रदेशका रहेका छन् । जहाँ १७ लाख ४ हजार ८ सय ९८ जना पुरुष र १७ लाख ७ हजार ९ सय ४२ जना महिला गरी कुल ३४ लाख १२ हजार ८ सय ६९ जना मतादाता रहेको तथ्यांकले देखाएको छ ।
त्यसअनुसार बागमती प्रदेश अन्तर्गत पर्ने नुवाकोट जिल्लामा हालको तथ्यांक अनुसार २ लाख ३७ हजार ४ सय ३४ जना मतदाता रहेका छन् । जसमा १ लाख २२ हजार ४ सय २ जना पुरुष, १ लाख १५ हजार २९ जना महिला र ३ जना अन्य रहेका छन् । कुल १३२ मतदान स्थल रहेको नुवाकोटमा २ सय ८७ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।
नुवाकोटको पालिका अन्तर्गत सबैभन्दा बढी विदुर नगरपालिकामा मतदाता रहेका छन् भने भने सबैभन्दा कम किस्पाङ गाउँपालिकामा रहेको छ । जसअनुसार विदुरमा ४४ हजार १ सय ७९ र किस्पाङमा १२ हजार १ सय ६१ जना मतदाता रहेको तथ्यांकले देृखाएको छ ।
कुन पालिकामा कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया