काठमाडौंँ– काठमाडौँ महानगरपालिकाले विपत् व्यवस्थापनका लागि वडास्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
नेपाल प्राकृतिक विपत्को दृष्टिकोणले अत्यन्तै जोखिममा रहेकाले क्षति न्यूनीकरणका लागि प्रशिक्षण दिइएको कामपा विपत् व्यवस्थापन महाशाखा प्रमुख धनपति सापकोटाले भन्नुभयो । कामपा – २१ ले आज आयोजना गरेको महानगर आपत्कालीन सञ्चालन केन्द्र विषयको प्रशिक्षण विपत् व्यवस्थापन नागरिक सुरक्षा समितिका पदाधिकारीका लागि सञ्चालन गरियो । यसअघि वडा नं ७ र १२ का समितिलाई यस प्रकारको तालीम प्रदान गरिसकिएको छ । आजको तालीममा वडा नंं २१ का पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।
यस प्रकारको वडास्तरीय समिति ९ सदस्यीय हुने व्यवस्था छ जसका संयोजकमा वडाध्यक्ष वा वडाध्यक्षले तोकेको वडा सदस्य रहने व्यवस्था छ । समितिमा उपाध्यक्ष, सचिव र कोषाध्यक्ष भने नेपाल रेडक्रस र सामुदायिक प्रहरीबाट प्रतिनिधित्व हुने पदेनसहित पाँच जना रहन्छन् । सोसँगै हरेक वडामा २५ देखि ४० जनासम्म स्वयम्सेवक रहन सक्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया