मुगु । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअलमार्फत कांग्रेस मुगुकाे पार्टी कार्यालयकाे उद्घाटन गर्ने भएका छन् ।
कांग्रेस पार्टी कार्यालय मुगुकाे नवनिर्मित वीपी स्मृति भवनकाे साेमबार दिउँसो २ बजे भर्चुअलमार्फत उद्घाटन गर्ने कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीले बताए ।
उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा भाैतिकरुपमै उपस्थिति भई पार्टी कार्यालय र नेपाली कांग्रेस मुगुका संस्थापक सभापति बखत बहादुर शाहीकाे सदरमुकाम सालिकलाई उद्घाटन गर्ने कार्यक्रम रहेकाे थियाे सभापति शाहीले भने, प्रधानमन्त्रीकाे कार्यव्यस्तताले भाैतिकरुपमै उपस्थित नभएर पनि भर्चुअलमार्फत कार्यालय र सालिककाे उद्घाटन गर्ने कार्यक्रमकाे तय भएकाे नेपाली कांग्रेस मुगुले जनाएकाे छ ।
सभापति शाहीका अनुसार प्रधानमन्त्रीकाे भाैतिक रूपमै उपस्थित भएर पनि भर्चुअलमार्फत कार्यालय र गमगढीकाे माथिल्लो बजार अदालत चाेकमा निर्माण भएकाे कांग्रेस मुगुका संस्थापक सभापति बखत बहादुर शाहीकाे सदरमुकाम शालिककाे उद्घाटन गर्ने कार्यक्रमकाे तयारी भए पनि देउवाकाे कार्यव्यस्ताका कारण भर्चुअलमार्फत गर्न लागिएकाे हाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया