कांग्रेस केन्द्रीय समिति बैठक बस्दै : के होला गठबन्धनसम्बन्धी निर्णय ?

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

केहीबेरपछि बस्ने बैठकमा आगामी स्थानीय तहको निर्वाचनमा तालमेल र उम्मेदवारको मापदण्ड टुंग्याउने विषयमा छलफल हुने बताइएको छ ।

यसअघि शुक्रबार प्रारम्भ भएको बैठकमा आइतबार स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा भएको छ।

यस्तै, संसदीय समिति गठनलगायत विषयमा छलफल भएको कांग्रेस मुख्यसचिव पौडेलले जानकारी गराएका छन् ।

यसअघिका बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारण राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?