विपदका कारण १८ दिनमा ४५ जनाको मृत्यु, २० वेपत्ता

काठमाडौं । विपदका कारण यो एकहप्तामा देशभर ४५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो, डुवान तथा आगलागी लगायत विभिन्न विपदका घटनामा परी ४५ जनाको मृत्यु भएको हो ।

गृह मन्त्रालयका अनुसार, यही महिनाको ८ गते शुक्रवारदेखि २५ गते सोमवारसम्ममा विपदमा परेर २० जना घाइते भएका छन र नौ जना वेपत्ता छन् । 

मनसुन परिवर्तन भएसंगै निरन्तरको वर्षाका कारण घर भत्केर, बाढीमा वगेर, पहिरोमा पुरिएर, नदीमा डुवेर, नदीले वगाएर यतिका नागरिकको मृत्यु भएको महाशाखाले जनाएको छ । 

विपद महाशाखाका अनुसार, विभिन्न किसिमको विपदबाट कैलाली, वर्दिया, बाँके, दाङ, रोल्पा, चितवन, मकवानपुर, तनहुँ, काठमाडौं, वारा, पर्सा, सर्लाही, सिराह, महोत्तरी, सिन्धुली र उदयपुर प्रभावित भएका छन् । 

त्यस्तैं, काभ्रे, नुवाकोट, कास्की, ताप्लेजुङ, रौतहट, मोरङ, कंचनपुर, कालिकोट, सिन्धुपाल्चोक, धादिङ, सुनसरी, सप्तरी, प्युठान, नवलपरासी पश्चिम, नवलपरासी सुस्ता, धनकुटा र झापा जिल्ला पनि प्रभावित भएका छन् । 

ती जिल्लाहरुमा विपदको जोखिम न्यून गर्न स्थानीय सरकार तथा प्रदेश सरकारसंग समन्वय गरी आवश्यक सुरक्षा तयारी र विपद ब्यवस्थापनको तयारी भइरहेको बताइएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?