काठमाडौं । वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीले अनसन तोड्न अस्वीकार गरेकी छन् ।
जेठ १५ देखि वीर अस्पतालमा अनशनरत गंगामायाको अनशन तोडाउन सोमबार सरकारी अधिकारीहरु वीर अस्पताल पुगे र अनशन तोड्न आग्रह गरे । तर, गंगामायाले सरकारको आग्रह अस्वीकार गर्दै छोरा कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेललाई पक्राउ गरेकोमा धन्यवाद दिएकी छिन् ।
‘गोली हान्ने रुद्र आचार्य कहाँ छ ?’ गंगामायाले प्रश्न गरिन् ।
गंगामालाई भेट्न वीर अस्पताल पुगेका मानवअधिकारकर्मी सुवोध प्याकुरेलले भने, ‘उहाँले अनसन तोड्न मान्नुभएन ।’
छोरा कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेलगत्तै अदालतको आदेशमा उनलाई आइतबार नै डिल्लीबजार सदरखोरमा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया