नुवाकोट । निरन्जना भिलेज सोसाइटी नेपालको आयोजनामा जिल्लाको विभिन्न स्थानमा नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।
शनिबार बेलकोटगढी-१३ मा रहेको पञ्चकन्या माविमा २३४ जनाको निःशुल्क आँखा परीक्षण र ६५ जनालाई नि:शुल्क चस्मा वितरण गरिएको छ ।
त्यसैगरी आइतबाट बेलकोटगढी-१ मा ३६५ जनाको निशुल्क आँखा परीक्षण र ८७ जनालाई निशुल्क चस्मा वितरण गरिएको निरन्जना भिलेज सोसाइटीका अध्यक्ष प्रल्हाद थपलियाले जानकारी दिए ।
निरन्जना भिलेज सोसाइटीले यसअघि पनि विभिन्न स्थानमा निःशुल्क आँखा परीक्षण र चस्मा वितरण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया