हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
195
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ४२ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ सात पैसा र बिक्री दर १३१ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८२ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रीदर ९७ रुपैयाँ ९७ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली नौ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ एक पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ एक पैसा र बिक्रीदर १९ रुपैयाँ दुई पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ दुई पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८८ पैसा छ भने बिक्रीदर २९ रुपैयाँ तीन पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?