बोलिभियाले आफ्नो पवित्र मानिने टीटीकाका तालमुनि संग्राहल बनाउँदैछ । यो जानकारी बोलिभियाको संस्कृति मन्त्रालयले दिएको हो ।
यो कदम तालको पिधंमा हजारौं बहुमूल्य कलाकृतिका सामाग्रीहरु भेटिए पछि उठाउन लागिएको हो ।
“यो एक पर्यटकीय संयन्त्रका अतिरिक्त पुरातात्विक, भौगोलिक र जैविक अनुसन्धानको केन्द्र हुनेछ । यो विश्वको एक मात्र यस्तो खालको केन्द्र हुनेछ,” सस्कृति मन्त्री विल्मा अलनाकोले मंगलबार भने ।
यो संग्राहलयको निर्माण मूल्य १ करोड डलर हुनेछ र यसलाई बेल्जियन विकास एजेन्सी इनाबेलसँगको सहकार्यमा निर्माण गरिनेछ । एलानोकाका अनुसार बेल्जियम सरकार र युनेस्कोले यो परियोजनामा २० लाख डलर खर्च गर्नेछन् ।
स्थानीय मानिसहरुको मनमा टिटिकाकाको विशेष स्थान रहेको छ । इन्का किम्बदन्ती अनुसार सूर्यका छोरा म्यान्को कप्याक र उसको पत्नी मामा आक्ल्लो यही तालबाट बाहिर निस्किएका थिए ।
इन्का किम्बदन्तीको मुख्य पात्र मध्य मानिने म्यान्को कप्याकले पेरुको शहर कुस्को निर्माण गरेको विश्वास गरिन्छ । यो ऐतिहासिक सहर १३ औं शताब्दी देखि १६ शताब्दीको बीचमा इन्का साम्राज्यको राजधानी थियो ।
टीटीकाका ८,५०० वर्ग कि.मी. क्षेत्रफलमा पेरु र बोलिभियाको सीमाबीचमा फैलिएको छ ।
समुन्द्र सतहदेखि ३,८०० मिटरको उचाईमा रहेको यो ताल विश्वको सबैभन्दा उचाईमा रहेको ठूला वाहन चलाउन मिल्ने ताजा पानीको इकाई हो ।
स्पेनिश उपनिवेशकहरु यहाँ आउनु अघि यो ताल वरपर शताब्दीऔं बीच कयैन स्थानीय संस्कृतीहरुको जन्म भएको थियो ।
पछिल्लो उत्खनन्ले यहाँ दश हजार कलाकृतिहरु भेटिएका छन् । कलाकृतिमा हड्डी, माटो, धातु आदीबाट बनेका भाडाँकुडाँ र मानवीय र जनावरको अवशेषहरु छन् । यी अवशेषहरु तिवनकु शासन पूर्वको(सन् ३००), तिवनकु शासनको (सन् ३००–११००) र इन्का साम्राज्य अवधिको(११००–१५७९) छन् ।
संग्राहलय सन पेर्दो दे तिक्युना सहर नजिक र राजधानी लापाजबाट १०० कि.मी. टाढा रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया