झोलुङ्गे पुलले जोडियो कार्यविनायक र मछिन्द्रबहाल

लोकपथ
539
Shares

ललितपुर । ललितपुर महानगर पालिका वडा नं २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने झोलुङ्गे पुल निर्माण भइ संचालनमा आएको छ ।

कार्यविनायक र मछिन्द्रबहालबीच आवत जावत सहज बनाउन निर्माण गरिएको झोलुङ्गे पुलको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गर्नुभयो । ७९ लाख ७६ हजार ७८९ लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाई १३५ मिटर रहेको छ । यस स्थानमा स्थानमा पुल नहुँदा कार्यविनायक र मछिन्द्रबहाल पुग्ने पर्यटक एकअर्को स्थानमा जान समस्या भोग्दै आएका थिए । पुल बनेसँगै छोटो समयमा दुवै स्थानमा पुग्न सकिने भएको छ ।

पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटकलाई दुवैस्थानको भ्रमणका लागि सहज हुने बताइएको छ। उपत्यकामा रहेका झोलुङ्गे पुल पर्यटकीय आकर्षणका रुपमा रहँदै आएका छन् । कार्यविनायक र मछिन्द्रवहाललाई जोड्ने उक्त पुल निर्माणपछि दोहोरो पर्यटन प्रवद्र्धनमा सघाउन पुग्ने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?