न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि खटिन कानुनमन्त्री बडुको निर्देशन

लोकपथ
49
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले लोकतन्त्र, कानुनी राज्य र संवैधानिक सर्वोच्चताको रक्षा गर्न विशेष परिस्थितिमा बनेको वर्तमानसरकारको दायित्व पूरा हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

नेपाल न्याय सेवाअन्तर्गतनवप्रवेशी अधिकृतका लागि आयोजित सेवा प्रवेश तालिमको आइतबार काठमाडौंमा समापन गर्दै मन्त्री बडूले संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारीसहित बनेको वर्तमान सरकार कानुनको शासनमार्फत सुशासन कायम गर्न क्रियाशील रहेकोले यस कार्यमा आ(आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

उनले संविधानअनुसार तीनै तहको निर्वाचन गर्ने दायित्व पनि यही सरकारको काँधमा रहेकोले सरकारको न्युनतम साझा कार्यक्रम कार्यान्वयनका लागि उच्च मनोबलका साथ कर्तब्यनिष्ठ भएर कार्यक्षेत्रमा खटिन कर्मचारीहरुलाई आग्रह गरे ।

मन्त्री बडूले कानुन निर्माण, स्वतन्त्रतापूर्वक न्याय सम्पादन र कानुनको परिपालनाका लागि खबरदारी गर्ने दायित्व बोकेको न्याय सेवाका कर्मचारीहरुले नागरिक हितलाई केन्द्रमा राखेर काम गर्नेमा आफू विश्वस्त रहेको पनि बताए ।

‘लोकतन्त्रमा जनता नै मालिक हुने भएकाले पारदर्शिता र जवाफदेहितासहित जनसेवामा लाग्नुहोस्,’ मन्त्री बडूले नवप्रवेशी अधिकृत कर्मचारीलाई भने ‘तपाईँहरु मार्फत जनताले जिम्मेवार सरकारको अनुभूति गर्ने भएकोले कहीँकतैबाट विचलित नभएर जनसन्तुष्टिका लागि काम गर्नुहोस् ।’

‘आवधिक निर्वाचनबाट आउने सरकार बदलिरहन्छन् तर तपाईहरु ९कर्मचारी० स्थायी सरकारका प्रतिनिधि हो, त्यसैले लोकतन्त्र, कानुनी राज्य र सुशासन सुनिश्चितताका लागि कुशल कार्यसम्पादन र असल व्यवहारमार्फत जनताको विश्वास आर्जन गर्न सक्नुपर्दछ’ मन्त्री बडूको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?