खानेपानी मन्त्री उमाकान्त चौधरीले सबै नेपाली नागरिकले शुद्ध र स्वच्छ पानी सर्वसुलभ ढंगले पाउनु पर्ने बताएका छन् ।
भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को आइतबार उद्घाटन गर्दै मन्त्री चौधरीले जलश्रोतको धनी देश नेपालका हरेक नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको वितरण गर्नका लागि सरकारले कार्यायोजना बनाएर अघि बढिरहेको बताए ।
उनले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा विरामी र बिरामीका कुरुवालाई वाटर एटिएमको निर्माणले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दैै अन्य अस्पताल तथा स्वास्थ्य संस्था, सार्वजनिक स्थल, भिँडभाँड हुने स्थान र उद्यान तथा पार्कमा पनि वाटर एटिम जडानको अभियानलाई अघि बढाइने बताए ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले १० लाख रुपैयाँको लागतमा अस्पताल परिसरमा जडान गरेको सो वाटर एटिएमबाट उपभोक्ताले परिक्षणबाट शुद्ध प्रमाणित भएको पानी दुई रुपैयाँमा कागजको कपसहित २ सय मिलिलिटर पाउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया