बुटवल । रुपन्देहीको रुद्रपुरमा १६ वर्षीया किशोरी समीक्षा ठकुरीको आगालगीमा परेर रहस्यमय मृत्यु भएको घटनालाई लिएर प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मृतक ठकुरीका बुबा तेजबहादुर ठकुरी, हजुरआमा हरिकला ठकुरी, फूपुहरु मधु ठकुरी थापा र अमृता ठकुरी थापालाई पक्राउ परेको हो ।
उनीहरु चारैजनाविरुद्ध मृतक समीक्षाकी आमा माया ठकुरीले शुक्रबार किटानी जाहेरी दिएकी थिइन् ।
किटानी जाहेरी पछि चारैजनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएका छन् । बुबा तेजबहादुर र हजुरआमा हरिकलालाई रुद्रपुरबाट र फूपु मधु र अमृतालाई बुटवलबाट नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय सालझण्डीमा राखिएको छ ।
किटानी जाहेरीमा उल्लेख भएका चारैजनालाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक दीपेश बस्यालले जानकारी दिए । उनले भने घटना गम्भीर प्रकृतिको र शंकास्पद देखिएकाले गहिराइमा पुगेर सत्यतथ्य पत्ता लगाउन केही समय लाग्ने बताए ।
प्रहरीले यसअघि बुबा तेजबहादुरलाई नियन्त्रणमा लिएर छाडेको थियो ।
असार ९ गते आफ्नै घरमा सुतेको अवस्थामा आगोले जलेर गम्भीर घाइते भएकी समीक्षाको उपचारका क्रममा असार २० गते काठमाडौं कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया