चीनसँग भएको ९ बुँदे सम्झौताकाे विराेध

लोकपथ
1.2k
Shares

जनकपुरधाम – चीनसँग भएको ९ बुँदे सम्झौताकाे विराेध गर्दै जनकपुरधाममा साे सम्झाैताकाे प्रतिलिपी जलाइएकाे छ ।

आइतबार जनकपुरधामकाे जनक चाैकमा राष्ट्रिय एकता अभियान जनकपुरधामका संयोजक मनीष हिन्दू र धनुषा जिल्ला सदस्य जय कुमार यादवको नेतृत्वमा साे सम्झाैता जलाइएकाे हाे ।

अभियानका अभियन्ताहरुले ‘नौ बुँदे सम्झौता धोका हो, चिनियाँ विस्तारवाद धाेका हो यसलाई बन्द गर, बीआरआई सम्झौता सार्वजनिक गर, चिनियाँ विस्तारवाद मुर्दावाद’ गाे ब्याक चाइनालगायतका नारा लगाउँदै नगरमा र्‍यालीसहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले सोही क्रममा चीनसँग भएको सम्झौताकाे प्रतिलिपी समेत जलाएका हुन् । सम्झाैताकाे खारेजीको माग पनि उनीहरुले गरेका छन् । रेलको नाममा चिनियाँ सेनाको विस्तार बन्द गर, अघोषित नाकाबन्दी खुल्ला गर, नेपाली विधार्थीहरुको पढ़ाइ सूचारु गर, पोखरा एयरपोर्टमा भएको भ्रष्टाचारको छानबिन गरजस्ता नारा समेत प्रदर्शनकारीहरूले लगाएको थिए ।

अभियानका अध्यक्ष विनय यादवले चीनले नेपालमा विस्तार गरेर सैन्य गतिविधि बढाउन खोजेको आरोप लगाए। दुई दिनअघि चीनका विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आएको बेला नेपाल सरकारसँग नौ बुँदे सम्झौता भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?