काठमाडौं । प्रतिनिधि सभा बैठकमा राष्ट्रियसभा सदस्यहरुले उठाएको प्रश्नको जवाफमा खानेपानी मन्त्री विना मगरले तीन वर्षभित्र देशभर स्वच्छ खानेपानीको पहुँच पु-याउने दाबी गरेकी छन् ।
सोमबारको बैठकमा खानेपानी मन्त्रीले आगामी तीन वर्षभित्र सबैलाई स्वच्छ खानेपानीको पहुँच पुर्याउने गरि योजना तर्जुमा गरिएको बताएकी हुन् ।
उनले ७७ वटै जिल्लामा र सबै स्थानीय तहमा रहेको खानेपानीको समस्या र चुनौतिको खोजी गर्दै समाधान गर्ने जानकारी पनि गराइन् । उनले एक घर, एक धारा र एक घर एक शौचालयको कार्यनीति अनुसार ७७ वटै जिल्लामा क्रमागत रुपमा रहेका ३२ सय ४९ उच्च प्रविधियुक्त खानेपानी आयोजनाहरु र तराई मधेसमा आर्सेनिक मुक्त खानेपानी वितरणको व्यवस्था मिलाउन त्यस क्षेत्रका २१ जिल्लामा ६ सय ३७ क्रमागत आयोजनाहरु प्रदेशस्तरबाट सञ्चालनमा आउने गरि प्रक्रिया आरम्भ गरिएको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया