जिल्ला प्राविधिक कार्यालय जाजरकोटका इन्जिनियर घुससहित पक्राउ

जाजरकोट । जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् । 

सेवाग्राहीबाट रु ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो । 

उनलाई आज विहान ११ बजे कार्यालयबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?