कांग्रेस सबै तहका जनता अटाउने पार्टी हो : मन्त्री कार्की

लोकपथ
21
Shares

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस सबै तहका जनता अटाउने पार्टी भएको बताएका छन् ।

सुनसरीको कोसी गाउँपालिका–७ स्थित हरिपुरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले ‘सबै नेपाली अटाउने देशवासीको साझा घर कांग्रेस हो’ भने । कांग्रेस लोकतान्त्रिक पार्टी भएका कारणले कसैलाई कुनै किसिमले विभेद नगर्ने मन्त्री कार्कीले नवप्रवेसीलाई विश्वास दिलाए ।

पार्टीमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताको योग्यता, योगदान र क्षमताको यो पार्टीले मूल्याङ्कन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले राजनीतिक केवल सपना देखाउने, विकासको अश्वासन बाँड्ने विषयवस्तु नभएको स्पष्ट पारे । मन्त्री कार्कीले जनताको अधिकारको रक्षा गर्ने, जनताको समग्र विकासमा र समाज तथा देशको उन्नतितर्फ अग्रसर गराउने कांग्रेस भएको दाबी गरे । जनताको आस्था र विश्वासको धरोधर कांग्रेस सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी भएको मन्त्री कार्कीले बताए ।

कार्यक्रममा २०७४ सालको स्थानीय तहको निर्वाचनमा सङ्घीय समाजवादी फोरम नेपालबाट कोसी–७ का वडाध्यक्षमा निर्वाचित रामचन्द्र मेहतासहित ३५७ जनाले विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?