१. तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज स्वदेश फर्किए, भ्रमणमा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतका नेताहरूसँग भेटवार्ता, दुई देशबीच विभिन्न ९ बुँदे सम्झौता ।
२. स्थानीय निर्वाचनको मतपत्र हरियो बनाउने निर्वाचन आयोगको निर्णय स्वीकार्न नसकिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, मतपत्र हरियो बनाउने कुरा कुनै एक दलको फाइदाका लागि मात्रै भएको आरोप ।
३. नेपाली कांग्रेसले चुनावी गठबन्धनको पक्षमा नीतिगत निर्णय लिने नेता रामचन्द्र पौडेलको भनाइ, धेरै केन्द्रीय सदस्यको धारणा चुनावी तालमेलको पक्षमा आएकाले गठबन्धन बचाएर लानुपर्ने आवश्यकता रहेको उल्लेख ।
४. नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नेहरूको लहर रहरलाग्दो भएको अध्यक्ष माधवकुमार नेपालको दाबी, पार्टीको सकारात्मक पक्षलाई सम्प्रेषण गर्न प्रेस संगठनलाई आग्रह ।
५. प्रतिबद्धताअनुसार विदेशी लगानी भित्रिन नसक्नुको कारण खोज्नुपर्नेमा अर्थमन्त्री जर्नादन शर्माको जोड, लगानी गर्न आउनेहरूलाई प्रतिफलको स्पष्ट खाका दिनसक्नुपर्ने तर्क ।
६. पदकै लागि बादलहरू एमालेमा गएको शिक्षामन्त्री देवेन्द्र पौडेलको आरोप, माओवादीको लामो संघर्षपछि आएको परिवर्तनमा अन्य पार्टीले रजाइँ गरेको टिप्पणी ।
७. अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संसारसँग जोडिने पर्यटनमन्त्री प्रेमबहादुर आलेको भनाइ, पोखरामा अब ठूला होटल निर्माण गर्न र पर्यटन प्रवद्र्धनका प्याकेज कार्यक्रम ल्याउन आग्रह ।
८. नेपाल बार एसोसिएसनको अध्यक्ष पदका लागि वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठ र अधिवक्ता उद्धवचन्द्र घिमिरेले गरे उम्मेदवारी घोषणा, पछिल्लो समय अदालतबाट जनतामा निराशा छाइरहेकाले अब न्यायालयलाई बचाउनुपर्ने तर्क ।
९. अन्य पार्टीसँग नेपाली कांग्रेसको तुलना हुनै नसक्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको भनाइ, वर्तमान सत्ता गठबन्धन कांग्रेसको चाहना नभई मुलुकको बाध्यातामक अवस्थाले बनेको प्रतिक्रिया ।
१०. धनुषामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप, झडपमा परी २ जना प्रहरी घाइते, ८ राउन्ड अश्रुग्याँस प्रहार ।
११. पछिल्लो २४ घण्टामा गरिएको ५ हजार २ सय २२ परीक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय १५ जना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ५८ ।
१२. रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित भएको युनिसेफको तथ्याङ्क, २५ लाख मानिस युद्धग्रस्त देशभित्रै विस्थापित ।
१३. रुसी हमला रणनीतिक रुपमा बिफल भएको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी, रुसी सेनाले खार्किभको आणविक अनुसन्धान भट्टीमा गोली चलाएको युक्रेनी संसद्को दाबी ।
१४. १६औं धर्मश्री तथा प्रथम पुरुष फिजिक्स र प्रथम महिला फिजिक्स राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिता वैशाख तेस्रो साता आयोजना हुने, धर्मश्री विजेताले १० लाख, उपविजेताले पाँच लाख र तेस्रो हुनेले दुई लाख पुरस्कार पाउने ।
१५. र, सानदार जितसँगै इंग्ल्याण्ड आईसीसी महिला एकदिवसीय विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश, बंगलादेश १ सय रनले पराजित ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया