कैलाली । कैलालीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई अन्दाजी ५२ वर्षीया पुरुषले शनिबार साँझ बलात्कार गरेको आरोप आफन्तले लगाएका छन् ।
बाख्रा चराएर घर फर्कने क्रममा ती बालिकालाई पुरुषले बलात्कार गरेको आफन्तहरुले बताएका हुन् । बालिकालाई बलात्कार गरेको आरोपमा ती पुरुषलाई प्रहरीले आइतबार नियन्त्रणमा लगि अनुसन्धान अघि बढाएको जनाइएको छ ।
कैलाली प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बलात्कार गरेको आरोपमा पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको बताए । शनिबार साँझको घटना भए पनि बालिकाको स्वास्थ्य चेकजाँच ढिला गरी गरिएको थियो ।
‘राति २ बजे सेती प्रादेशिक अस्पताल गएका थियौँ । तर, डाक्टर छैनन् भनी हामीलाई फिर्ता पठाइयो’, बालिकाकी आमाले भनिन्, ‘प्रहरीमा जाहेरी दिएपछि स्वास्थ्य जाँच गराउन भनी अस्पताल पठाइएको थियो ।’
अस्पतालमा स्वास्थ्य जाँच नभएपछि पीडितहरुले माइती नेपालसँग सहयोग मागेका थिए । आइतबार दिउँसो माइती नेपाल पुगेका पीडितपक्षले बालिकाको सुरक्षा र उचित न्यायका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
आइतबार बालिकाको स्वास्थ्य जाँच गरिएको सेती प्रादेशिक अस्पतालकी संकट व्यवस्थापन केन्द्रकी प्रमुख यशोदा ढकालले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया