राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा थापा

लोकपथ
770
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा चयन भएका छन् ।

उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा चयन गरेका हुन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार उनलाई पार्टी कार्यालयमा सल्लाहकार समितिको अध्यक्षमा मनोनयनको पत्र हस्तान्तरण गरे ।

आजै राप्रपाको विभागीय प्रमुखसँग बैठक पनि बसेको छ । बैठकले चुनाव केन्द्रीत अभियानलाई तिव्रता दिने निर्णय भएको सूचना प्रविधि विभाग प्रमुख रविन चाम्लिङले जानकारी दिए ।

यस्तै सोमबारदेखि अध्यक्ष लिङ्देनले विभिन्न जिल्लामा चुनाव केन्द्रीत आमसभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?